ओलीको छाँया रहुन्जेल एमाले सुध्रिन्न : घनश्याम भुसाल

खबरपथ संवाददाता
४ कार्तिक २०७९, शुक्रबार २२:४७

रुपन्देही । त्रिभुज चिन्ह लिएर सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीको छाँया रहुन्जेल नेकपा एमाले नसुध्रिने बताएका छन् । शुक्रबार आफ्नो निर्वाचन क्षेत्र रुपन्देही नं. १ का मतदातासंग कुरा गर्दै भुसालले यस्तो टिप्पणी गरेका हुन् ।

विगत दश बर्षसम्म आफुले पार्टीभित्र बैचारिक बहस गरेको र ती बहसहरूलाई अध्यक्ष ओलीले ब्यक्तिगत रुपमा लिएर आफुमाथि प्रहार गरिएको उल्लेख गर्दै भुसालले विचार विनाको राजनीतिले विकास र समृद्धिको दिशामा समाजलाई डोर्‍याउन नसक्ने तर्क गरे ।

एमाले अध्यक्ष ओलीले विकासको भाष्य नै विगारेर विकासलाई समाजसंग अलग गर्न खोजेको उल्लेख गर्दै भुसालले भने,  ओली जीले भने झैँ हामी प्रशान्त महासागरमा नेपालको झन्डा भएको पानी जहाज नै चलाएछौँ भने पनि त्यो पानी जहाजले रुपन्देहीका जनताको लागि योगदान गर्न सक्दैन भने त्यसको काम छैन । उनले अगाडि थपे, भ्यु टावर, पानी जहाज र रेलको कुरा गरेर जनतालाई गुमराहमा राख्ने र भ्रष्टाचारमा लिप्त हुने परिपाटी नेपाली राजनीतिको सबैभन्दा खराब पक्ष हो, त्यसबारे नागरिक सजग हुनुपर्छ ।

सो क्रममा नेपाली कांग्रेसबाट गठबन्धनको प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेका अब्दुल रज्जाक र विश्वनाथ यादवले गठबन्धनको जीतले मात्रै देश विकास र समृद्धिको मार्गमा अगाडि बढ्ने उल्लेख गर्दै मतदानको लागि अपिल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*