बुटवलले विकासको क्षेत्रमा असाधारण फड्को मार्दैछ : नेता पौडेल

खबरपथ संवाददाता
१६ कार्तिक २०७९, बुधबार १५:४५

बुटवल  । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्को मार्ने दाबी गर्नु भएको छ । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास मुलुककैं लागि नमूना देखिने उहाँको दाबी छ । बुटवल–११ प्रगतिनगरमा बुधबार मतदाताहरुसँग अन्तरक्रिया गर्दै पौडेलले यहाँ सुरु गरिएका ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ्ग नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने दाबी गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका पौडेलले तिनाउ–दानव करिडोर निर्माण भएपछि बुटवल नमूना शहरको रुपमा बिकास हुने दाबी गर्नुभयो । कोरिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई बिचल्लित नपारिने उहाँले स्पष्ट पार्नुभयो । नदी नियन्त्रण गरी व्यवस्थि शहर निर्माण गर्ने उद्देश्यले कोरिडोर निर्माणको काम अघि बढाइएको बताउँदे उहाले कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिनका लागि मंसिर ४ मा जनताले सुर्यमा मतदान गर्न आग्रह गर्नुभयो । जनताको समस्या बुझ्न र बिकासका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदे उहाँले आगमी मंसिर ४ मा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गर्नुभयो । यसैगरी बुटवलमा निर्माण हुँदे गरेको महत्वकांक्षी योजना तिनाउ–दानव कोरिडोरले यहाँको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याउने दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*