एमालेका उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान

खबरपथ संवाददाता
४ मंसिर २०७९, आईतवार १४:४५

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बिहान साढे १० बजे मतदान गरेका छन् । बुटवल–८ मा रहेको डिभिजन सडक कार्यालय परिसरस्थित हेभी इक्वीपमेन्टमा रहेको मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन् ।

मतदानपछि प्रतिक्रिया दिंदै पौडेलले निर्वाचन लोकतन्त्रको उत्तम अभ्यास रहेको बताए । उनले यो निर्वाचनबाट एमालेले राम्रो नतीजा ल्याउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*