रुपन्देही -२ मा मतगणना सुरु

खबरपथ संवाददाता
५ मंसिर २०७९, सोमबार १५:२०

बुटवल । रुपन्देही – २ मा  मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनीएकोमा सर्वदलीय बैठक लम्बिए पछि गणनामा केही ढिलाई भएको हो ।

निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदविर नेपालीले जानकारी दिए । सुरुमा सरस्वती मावि बुटवल-१ र न्युलाइट मावि तिलोत्तमाको पाँचवटा मतपेटिका खोलिएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमुक्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) उम्मेदवारको मुख्य प्रतिसपर्धा हुने आँकलन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*