डडेल्धुरामा प्रारम्भिक मतपरिणाम : प्रधानमन्त्री देउवाको अग्रता

खबरपथ संवाददाता
५ मंसिर २०७९, सोमबार १८:०९

डडेल्धुरा । डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ५ सय मत गन्दा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत पाएर अग्रता लिएका छन् ।

यस्तै कांग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत पाएका छन । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*