रुपन्देही – २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको निरन्तर अग्रता
बुटवल । रुपन्देही – २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार ६ हजार ६२ मत गन्दा स्वतन्त्र पार्टीका गणेश पौडेलले ३ सय मतसहित अग्रता लिएका हुन् ।
पौडेलले २ हजार २ सय ४४ मत ल्याउँदा एमाले उपाध्यक्ष रहेका उम्मेदवार विष्णु पौडेलले एक हजार ९ सय ४४ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । जनमुक्तिका केशवबहादुर थापाले १ हजार ४ सय ६१ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार यहाँ ८१ हजार २ सय २ मत खसेको छ । यस क्षेत्रबाट प्रतिनिधिसभामा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, जनमुक्तिका केशबबहादुर थापामगर, स्वतन्त्र पार्टीका गणेश पौडेललगायत १५ जना उम्मेदवार छन् ।





















