रूपन्देही–२ मा विष्णु पौडेलको पहिलो अग्रता
खबरपथ संवाददाता
६ मंसिर २०७९, मंगलवार १९:२५
बुटवल । रूपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलो अग्रता लिएका छन् ।
मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै पहिलो पटक अग्रता लिएका हुन् ।
एमालेका विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा सुर्यवंशीले ४ हजार ११ मत ल्याएका छन् ।





















