डडेलधुराबाट प्रधानमन्त्री देउवा निर्वाचित
खबरपथ संवाददाता
७ मंसिर २०७९, बुधबार ०६:५२
काठमाडौं । डडेलधुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।





















