चितवन-२ मा रविको अग्रता दोब्बर भन्दा बढी
खबरपथ संवाददाता
७ मंसिर २०७९, बुधबार ११:४९
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगको अग्रता दोब्बर भन्दा धेरै बनाएका छन् ।
३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत ल्याउँदा एमालेका पोखरेल ७ हजार ८७० मतान्तरले पछाडि परेका छन् । उनले ६ हजार ९४१ मत ल्याएका छन् ।
गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ६ हजार ६०८ मतसहित तेस्रो स्थानमा छन् ।





















