गुल्मी -२ मा एमालेका गोकर्ण बिष्ट निर्वाचित
खबरपथ संवाददाता
७ मंसिर २०७९, बुधबार १४:०१
गुल्मी । गुल्मी -२ मा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् । बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् । बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए ।





















