रुपन्देही – ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ल निर्वाचित

खबरपथ संवाददाता
७ मंसिर २०७९, बुधबार २०:१६

काठमाडौं । रुपन्देही – ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) का सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वीलाई पाँच हजार २ सय ९६ मतले पछि पार्दै शुक्लले २८ हजार मत प्राप्त गरी निर्वाचित भएको रुपन्देही–४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७०४ मत प्राप्त गरे । त्यस्तै जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५२६ मत ल्याए ।

एक लाख दश हजार ६ सय ५९ मतदाता रहेकोमा रुपन्देही–४ को प्रतिनिधीसभामा ७७ हजार ६४ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*