काभ्रेपलाञ्चोक- २ मा एमालेका गोकुल प्रसाद बास्कोटा निर्वाचित

खबरपथ संवाददाता
९ मंसिर २०७९, शुक्रबार १३:२७

बुटवल । काभ्रेपलाञ्चोक- २ मा नेकपा एमालेका गोकुल प्रसाद बास्कोटा निर्वाचित भएका छन् ।

बास्कोटाले वाम–गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी भएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरेछ भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गरे।

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गरे । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*