रुपन्देहीबाट प्रदेशसभामा भोज प्रसाद श्रेष्ठ निर्वाचित

खबरपथ संवाददाता
९ मंसिर २०७९, शुक्रबार १३:३५

बुटवल । रूपन्देही – २ को प्रदेश सभा २ बाट नेकपा एमालेका भोज प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नेकपा माओवादी केन्द्रका वामदेव क्षेत्रीलाई सात हजार बढी मतान्तरले पराजित गरे ।

श्रेष्ठले १६ हजार ३०० मत प्राप्त गरेर विजयी हुँदा क्षेत्रीले ९ हजार ४ सय १० मत ल्याए । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४० हजार १५८ मत खसेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*