गुल्मी – १ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

खबरपथ संवाददाता
९ मंसिर २०७९, शुक्रबार १३:४२

बुटवल । गुल्मी -१ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी १ मा निर्वाचित भएका हुन् ।

मतपरिणाम अनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् । निर्वाचन कार्यालयले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*