रुपन्देही-२ मा एमालेका विष्णु प्रसाद पौडेल निर्वाचित
खबरपथ संवाददाता
९ मंसिर २०७९, शुक्रबार २१:५२
रुपन्देही । रुपन्देही-२ मा नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद पौडेल निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।
विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याए ।
यसैगरी सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२ हजार १० मत ल्याए ।
रुपन्देही-२ मा कूल ८१ हजार २०२ मत खसेको थियो ।





















