विश्वकपमा आज चार खेल हुँदै

खबरपथ संवाददाता
१३ मंसिर २०७९, मंगलवार ०७:४३

काठमाडौं । फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । मंगलबार समूह चरण अन्तर्गतका अन्तिम खेल हुनेछन् । मंगलबार समूह ‘ए’ र समूह ‘बी’का दुई दुई खेल हुने तालिका छ ।

नेपाली समय अनुसार मंगलबार साँझ ८ः४५ बजे एउटै समयमा इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीचको खेल हुनेछ । यो खेलबाट समूह ‘ए’ बाट अन्तिम १६ मा दुई देशको ढुंगो लाग्नेछ ।

मंगलबारको दोस्रो खेल राति १२ः४५ बजे सुरु हुनेछ । इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डको खेल एउटै समयमा हुनेछ । यो खेलबाट समूह ‘बी’बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ ।

विश्वकपमा सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*