एमालेले टुंग्यायो समानुपातिक सांसद
काठमाण्डौं । नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो ।
जसमा आदिवासी जनजातितर्फ पुरुषमा देवी प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई चयन भएका छन । त्यसैगरी महिलातर्फबाट नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा चयन भएका छन् ।
त्सैगरी खस आर्यतर्फबाट पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल, दयाल बहादुर शाही चयन भएका छन भने महिला तर्फ मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल परेका छन् । त्यसैगरी थारुमा आश्मा कुमारी चौधरी, शान्ति चौधरी चयन भएका छन् । त्यसैगरी दलितमा ईश्वर बहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्र बहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा र मधेशी तर्फबाट गंगा प्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया र मुस्लिममा सराज अहमद खान चयन भएका छन् ।





















