कांग्रेस संसदीय दलको नेतामा गगन थापाले गराए उम्मेदवारी दर्ता
खबरपथ संवाददाता
५ पुष २०७९, मंगलवार १८:४२
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । थापाको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहनुभएको छ ।
समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहनुभएको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।






















