एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

खबरपथ संवाददाता
५ पुष २०७९, मंगलवार १८:५०

काठमाण्डौं । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन हुनुभएको छ ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*