कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

खबरपथ संवाददाता
६ पुष २०७९, बुधबार ११:१७

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।  महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित हुनुभएको हो ।

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गर्नुभयो । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिनुभयो ।

निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*