सरकार गठनका लागि प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश
खबरपथ संवाददाता
१० पुष २०७९, आईतवार १८:३५
काठमाडौं । सरकार गठनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष दाबी पेश गर्नु भएको छ ।
माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका गर्नु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा कुनै एक दलको बहुमत नआएकाले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नु भएको थियो ।





















