पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका हुनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा,जनमत पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा माओवादी अध्यक्ष दाहाल तेस्रो पटक ४४ औं प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।
प्रचण्डले स्वतन्त्र सांसदहरु प्रभु साह, किरण कुमार साह र अमरेश कुमार सिंहले पनि समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदको समर्थन पाउनु भएको छ ।
प्रचण्ड यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बन्नु भएको थियो ।






















