प्रधानमन्त्री प्रचण्डद्धारा पद तथा गोपनीयताको शपथ
खबरपथ संवाददाता
११ पुष २०७९, सोमबार १६:५५
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको नाममा शपथ लिनु भएको हो ।
राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।





















