८ सदस्यीय मन्त्रिपरिषद गठन, गृहमन्त्रीमा रबि

खबरपथ संवाददाता
११ पुष २०७९, सोमबार १७:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको हो।

मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री , माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नु भएको छ ।

त्यसैगरी मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहनु भएको छ । उहाँहरुको कार्यभार पछि तोकिनेछ । उहाँहरुले शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*