विश्व फुटबलका महान खेलाडी पेलेको निधन
खबरपथ संवाददाता
१५ पुष २०७९, शुक्रबार ०७:५५
काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको निधन भएको छ । क्यान्सर पीडित पेलेको ८२ वर्षको उमेरमा ब्राजिलको साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ ।
विश्व फुटबलकै महान मानिएका पेलेले ब्राजिललाई सन् १९५, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए ।
विश्वकप फुटबलको उपाधि तीन पटक जित्ने एकमात्र खेलाडी पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।






















