माओवादी केन्द्र लुम्बिनी संसदीय दलको नेतामा जोखबहादुर महरा चयन

खबरपथ संवाददाता
१९ पुष २०७९, मंगलवार ०७:०४

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क) बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा निर्वाचित हुनु भएको छ ।

प्रदेशको स्थायी मुकाम देउखुरीमा बसेको प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई दलको नेतामा चयन गरेको हो ।
लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र) का ९ जना प्रदेश सभासदस्यहरु रहेका छन् ।

बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसहमतिमामा दलको नेता चयन गरेको हो । कार्यक्रममा स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*