कांग्रेस लुम्बिनी संसदीयदलको नेतामा चौधरी चयन

खबरपथ संवाददाता
१९ पुष २०७९, मंगलवार ०७:१३

देउखुरी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली बहादुर चौधरी चयन हुनुभएको छ ।
दाङ क्षेत्र नम्बर ३(१) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित चौधरी बहालवाला पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री हुनुहुन्छ ।

संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेको भएपनि अन्तिममा चौधरीको पक्षमा सर्वसम्मत सहमति जुटेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहनु भएका प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा संस्थापन इतरबाट वीरबहादुर राना र निमा गिरी आकांक्षी भएपनि उहाँहरुले उम्मेदवारी नदिएपछि चौधरीलाई सहज भएको थियो ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना प्रदेश सभा सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*