प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त गरे विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन् भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन्। आजको मतदानमा २७० सांसद सहभागी थिए।
एमाले सहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा पुष्प कमल दाहाल प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।





















