लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ ग्रहण

खबरपथ संवाददाता
५ माघ २०७९, बिहीबार ००:५७

बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामूख तुलाराम घर्ती मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख अमिक कुमार शेरचनले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो  ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजना गरिएको कार्यक्रममा घर्तीले शपथ ग्रहण गर्नु भएको हो । त्यसलत्तै सभामूख घर्तीले उपसभामुख मेनुका खाँण केसीलाई पद तथा गोपनियताको शपथ प्रहण गराउनु भएको थियो ।

प्रदेश सभामा सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाका मेनुका खाँण केसी मंगलबार  निर्विरोध निर्वाचित हुनुभएको थियो । घर्ती पाल्पा २(२) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो भने केसी  गुल्मीबाट समानुपातिक सांसद बन्नु भएको हो ।  यस अघि नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा मनोनयन दर्ता गरेपनि उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

लुम्बिनी प्रदेश सभामा  ८७ सदस्यीय रहेका छन ।  नेकपा एमालेका २९, नेपाली काँग्रेसका २७ , माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत, लोसपाका ३-३ ,  नेकपा एस र जनमोर्चाका १–१ र दुई स्वतन्त्र सांसद प्रदेशमा रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*