प्रतिनिधी सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित
खबरपथ संवाददाता
५ माघ २०७९, बिहीबार १५:२६
काठमाडौं । प्रतिनिधी सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । त्यसैगरी हुन्न भन्ने पक्षमा सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए ।
घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए । घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् ।





















