प्रतिनिधी सभाको उपसभामुखमा रास्वपाकी सांसद इन्दिरा राना मगर निर्वाचित

खबरपथ संवाददाता
७ माघ २०७९, शनिबार १९:५४

काठमाडौं । प्रतिनिधी सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ ।  शनिबार रानालाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिराको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*