राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

खबरपथ संवाददाता
२३ माघ २०७९, सोमबार १५:१८

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित हुनु भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले अर्याललाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभा सदस्य अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*