जनयुद्ध दिवसको अवसरमा आज सार्बजनिक बिदा
काठमाडौं । सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्बजनिक बिदा दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सार्बजिनक बिदा दिने निर्णय गरेको हो । सरकारले जनयुद्ध दिवसको अवसरमा सार्बजनिक बिदा दिएको यो पहिलो पल्ट हो ।
बिसं २०७९ साल फागुन १ गते सोमबारका दिन जनयुद् दिवसको अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ माघ २९ गते निर्णय भएको हुदाँ सबन्धित सबैको जानकारी लागि यो सुचना प्रकाशित गरिएको छु, गृह मन्त्रालयका सहसचिब तथा प्रबक्ताले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
यस अघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा सार्बजनिक बिदा दिन निर्णय गरिसकेका थिए ।
संघीय सरकारले तोकेको बिदाबाहेक प्रदेश सरकारले आफनो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ ।





















