वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

खबरपथ संवाददाता
१३ फाल्गुन २०७९, शनिबार ११:२७

काठमाडौं ।  वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ । शनिवार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माओवादी सहित ८ दलीय गठबन्धनले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । राष्ट्रपतिको लागि आगामी फागुन २५ गते मतदान हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*