त्रिविका क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी

खबरपथ संवाददाता
५ चैत्र २०७९, आईतवार ११:४१

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी रहेको छ । यस क्षेत्रकै पुरानो बुटवल बहुमुखी क्याम्पसमा विहान ८ बजेदेखि मतदान जारी छ ।

त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । मतदानको समय बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनको लागी क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।  कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*