प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय
खबरपथ संवाददाता
५ चैत्र २०७९, आईतवार १३:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गर्नु भएको छ ।





















