
तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

बुटवल । बुटवलमा २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ ।
एन्फा टेक्निकल सेन्टरमा शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९-८ गोल अन्तरले हराउँदै मनाङले उपाधि हात पारेको हो ।
उपाधिसंगै मनाङ सुदूर पश्चिमले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता मनाङ सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ ।
निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो ।
खेलको ५८ औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मस्याङदी क्लवलाई अग्रता बनाए पनि त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ७० औं मिनेटमा सुदुरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुराएका थिए । त्यसपछिको समयमा कुनै पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।
सुदूर पश्चिमका फागुराम थारुको प्रहार विपक्षी गोलरक्षक जियानाथ शेखले रोके भने दीपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङको जित निश्चित भएको थियो ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपंक्तिका खेलाडी, गोलरक्षक, मध्यपंक्तिका खेलाडी, रक्षापंक्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।
उत्कृष्ट गोलरक्षक मनाङका जियानाथ शेख, उत्कृष्ट रक्षापंक्तिको खेलाडी आशिस गुरुङ, उत्कृष्ट अग्रपंक्तिको खेलाडी सुदूरपश्चिमका फागुराम थारु, उत्कृष्ट मध्यपंक्तिको खेलाडी मनाङका बिशन गुरुङ, उत्कृष्ट मध्यपंक्तिको खेलाडी मनाङकै किरण श्रेष्ठ घोषित भए ।