सांसद डा. श्रेष्ठमाथि छानबिन गरि प्रतिवेदन बुझाउन रास्वपाको निर्देशन
खबरपथ संवाददाता
२६ चैत्र २०७९, आईतवार २१:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छानबिन गरि तीनदिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।
प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकालले आइतबार विज्ञप्ति मार्फत छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको जानकारी दिनुभएको छ ।






















