तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

खबरपथ संवाददाता
११ बैशाख २०८०, सोमबार ०८:३६

तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।

सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् ।

तनहुँ क्षेत्र नं। १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*