
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, भारत र पाकिस्तानसँग खेल्ने
खबरपथ संवाददाता
१९ बैशाख २०८०, मंगलवार १३:३१

काठमाडौं । नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो । फाइनल खेलमा नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । उक्त जितसँगै नेपालले भारत र पाकिस्तानसँग एसिया कपमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छ ।