गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएका छन ।
उनको विपक्षमा नेकपा एमालेका २२ सांसदले मत दिएका छन भने राप्रपाका २ जना सांसद तटस्थ बसेका थिए । ६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन चाहिन्छ ।
गत वैशाख १४ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।





















