नवनियुक्त तीन मन्त्रीहरुद्धारा शपथ ग्रहण
काठमाण्डौ । नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार नेपाली कांग्रेसबाट धनराज गुरुङलाई कानुन, मोहन बस्नेतलाई स्वास्थ्य र डिग बहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारी लगायतको सहभागिता रहेको थियो ।





















