रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

खबरपथ संवाददाता
१ जेष्ठ २०८०, सोमबार १७:२७

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोप बहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशव प्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

२० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*