नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

खबरपथ संवाददाता
१८ जेष्ठ २०८०, बिहीबार १९:२२

काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन मार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।

भारत र नेपालबीच सात सहमति

१ नेपाल–भारत पारवहन सम्झौता नवीकरण

२. अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति ।

३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी ।

४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने

५ ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए

६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति

७. नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता ।

@अनलाईनखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*