गुल्सन लिए वेष्ट इण्डिजको दोस्रो विकेट

खबरपथ संवाददाता
७ असार २०८०, बिहीबार १३:१४

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्धको खेलमा गुल्सन झाले दोस्रो विकेट लिएका छन् ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।

यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।

वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*