एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल सुरु
खबरपथ संवाददाता
१८ भाद्र २०८०, सोमबार १५:५१

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ ।
श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको छ ।
भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ थालेको हो ।