लुम्बिनी प्रदेशमा तेक्वान्दो खेलमा रुपन्देहीको वर्चस्व कायमै

खबरपथ संवाददाता
३० मंसिर २०८०, शनिबार २२:१३

रुपन्देही। नवपरासीको भुमहिमा गत मंसिर २४ देखि २६ गते सम्म प्रथम रामनगर प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सप्पन्न भएको छ । जसमा ८ जिल्लाबाट २ सय ८० खेलाडीहरुको सभागीता रहेकोे थियो । पुम्से र ग्योरोगी(फाईट) गरि ३१ स्वर्ण ,२९ रजत,५८ कास्य पदक को लागि प्रतिस्पर्धा भएको थियो। जसमा रुपन्देहीले २१ स्वर्ण प्राप्त गरेको थियो भने,नवलपरासीले ८ स्वर्ण प्राप्त गरेको थियो। अर्घखाचीले १ स्वर्ण र बाँकेले १ स्वर्ण प्राप्त गरेको थियो। त्यसै गरि रुपन्देही को बुटवल दोजांग पुम्से विधामा ८ स्वर्ण प्राप्त गरि प्रदेशमा प्रथम भएको थियो । ग्योरोगी(फाईट) तर्फ पनि बुटवल दोजांगले ६ स्वर्ण ल्याई प्रदेशमा प्रथम भएको थियो । त्यसै गरि रुपन्देहीको तिलोत्तमा दोजांगले ग्योरोगी(फाईट) ४ स्वर्ण ल्याई प्रदेशमा दोस्रो भएको थियो भने पुम्से विधामा पनि २ स्वर्ण ल्याई प्रदेशमा दोस्रो भएको थियो त्यसरीनै नवलपरासीको हाईकिकर्श दोजांगले ग्योरोगी(फाईट) ३ स्वर्ण ल्याई प्रदेशमा तेस्रो भएको थियो पुम्से विधामा पनि १ स्वर्ण ल्याई प्रदेशमा तेस्रो भएको थियो पुरुषतर्फ रामनगर डोजाङ्का अकित सहानी प्रतियोगिताको वेस्ट क्यारोगी घोषित भएका थिए भने महिलातर्फ वेस्ट क्यारोगी बुटवल डोजाङकी खेलाडि अनुश्का तामाङ घोषित भएको र खाजाना तेक्वान्दो डोजाङ अनुशासित टिम भएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका अध्यक्ष तपनकुमार केवटले जानकारी दिएका थिए। प्रदेश सासद खडग बस्नेतको पहल र प्रदेश सरकारको सहयोगमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको आयोजना गरेको उक्त प्रतियोगिता योँग गोर्खालीको समन्वयमा तिन दिनसम्म भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा संचालन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*