तिलोत्तमामा फागुन २८ गते एक्स्ट्राटेक लिजेन्ड कप हुँदै
बुटवल । रूपन्देहीको तिलोत्तमामा यही फागुन २८ गते एक्स्ट्राटेक लिजेन्ड कप हुने भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १७ स्थित पूर्व दरखसवामा अवस्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरुप यो प्रतियोगिता हुन लागेको हो ।
एक्स्ट्राटेक ओभलले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि लिजेन्ड कपकाे तयारी बारे जानकारी गराएको हो ।
एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक विनोद कुँवरकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य सचिव जय प्रकाश भट्टराई,प्रतियोगिताको जर्सी पार्टनर निभियाका नेपालका आधिकारिक विक्रेता राजेन महर्जन,लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ,रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा,नेपाल क्रिकेट संघका पूर्व कार्यबहाक सचिव एवंम रुपन्देही जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष प्रशान्त विक्रम मल्ललगायतले एक्स्ट्राटेक ओभल सञ्चालनमा आएसँगै रूपन्देही क्रिकेटको नामबाट पनि चिनिने आधार तयार भएको बताए ।
टी १० संरचनामा हुने एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरि चार टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यती एयरलायन्स रहेको छ ।
नेपाल क्रिकेट संघस“गको सहकार्यमा रुपन्देही जिल्ला क्रिकेट संघ, लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु एक्सन स्पोर्टस टेलिजिभनमा तथा हाम्रो खेलकुद डट कमको फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिने छ ।
प्रतिस्पर्धी टोलीहरु
नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडीले लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिने छन् ।
नेपालले २०१४ मा बंगलादेशमा पहिलो पटक ट्वान्टी २० विश्वकप खेलेको थियो । यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीस“गैं हङकङमा छन् ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन हो, रेस्ट अफ नेपाल । विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु रहेका छन् । हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित नेपालबाट अन्तर्राष्ट्रिय खेलेका खेलाडीहरु रहेका छन् ।
पहिलो महिला अन्तर्राष्ट्रिय टोलीका चार खेलाडी
नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको थियो । सो टोलीका चार खेलाडीले यस तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्ने छिन् । त्यस्तै गायक प्रमोद खरेलले रेष्ट अफ नेपाल, बद्री पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट खेल्ने छन् ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय आधिकारिक कप्तान उत्तमकुमार कर्माचार्य विदेशमा रहेकाले उनी लिजेन्ड्स ९६ टोलीमा हुने छैनन भने विकेटकिपर गणेश शाहीको निधन भइसकेको छ । १९९६ मा प्रथम नेपाली टोलीलाई प्रशिक्षण दिएका सुनोज भट्टराई लिजेन्ड्स ९६ को प्रशिक्षक तथा उनीस“गैं नेपाली टोलीलाई प्रशिक्षण दिएका अरुणकुमार अर्याल व्यवस्थापक रहेका छन् ।
पहिलो सेमिफाइनलमा लिजेन्ड्स ९६ र विश्वकप २०१४ को टोलीले र दोस्रो सेमिफाइनलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सस“ग प्रतिस्पर्धा गर्नेछ । विजेता टोली बीच फाइनल खेल हुनेछ । पहिलो खेल १० बजे, दोस्रो खेल १२ बजे र फाइनल खेल २ बजे सुरु हुनेछ ।
यो मैदान झन्डै साँढे ५ बिघा जग्गामा रहेको छ । २०८० को जेठ २९ गते तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खा“ण, उपमेयर जागेश्वर देव चौधरी, सिद्धार्थ नगरपालिकाका उपमेयर उमा अधिकारी, राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराई लगायतले यस मैदानको शिलान्यास गर्नु भएको थियो ।
असोजको तेस्रो हप्ताबाट पहिलो चरणको कार्य सुरु गरिएको थियो । त्यसयता यस मैदानमा ३ हजार ट्रिपर माटो हालेर मैदान सम्याइएको थियो र मैदानमा दुबो हालिएको थियो । पिच निर्माणका साथै मैदान हरियो भएपछि तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप आयोजना गर्न लागिएको हो ।
पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरुको निर्माण कार्य गर्ने योजना अन्तर्गत दोस्रो चरणको काम सुरु भइसकेको छ । पहिलो चरणमा दर्शकका लागि ५ हजार क्षमताको प्यारापिट निर्माण कार्य सुरु गरिने छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमताको प्यारापिट गरि अगामी ३ वर्षभित्र यसको निर्माण कार्य सकाउने लक्ष्य राखिएको छ । २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको रंगशाला बन्ने छ ।
एक्स्ट्राटेक ओभल प्राली र यसका निर्देशक विनोद कु“वर र चिफ अप्रेटिङ अफिसर सुदिक्षा गौतमस“ग यस नवनिर्मित क्रिकेट रंगशालाको स्वामित्व रहेको छ । मैदान निर्माणको अप्रेसन पक्षको काम सुर्य कु“वरले गरिरहनु भएको छ भने पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल मैदानका ब्रान्ड एम्बासडर हुन् । यो क्रिकेट रंगशला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । एकस्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्सिच्युट हो ।
रुपन्देही लिजेन्ड्स: हरि थापा (कप्तान), अन्तिम थापा, दुर्गा सेन, जवलेश प्रधान, शंकर राना, लालबहादुर अधिकारी, सञ्जीव जोशी, प्रथम पराजुली, सञ्जय श्रेष्ठ, पुनित पोखरेल, सुशनमान श्रेष्ठ, कृष्ण कु“वर, मनोज भण्डारी, धिरज क्षेत्री, नितु थापा, निरजप्रताप खा“ड (लियाजन अफिसर), अनिल सेन्चुरी (टिम कोच), देभेश कर्ण (टिम व्यवस्थापक)
विश्वकप २०१४ ः पारस खड्का (कप्तान) ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अविनाश कर्ण, शरद भेषावकर, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नवीन घिमिरे, सामसङ जंग थापा, नगेन्द्र भट्टराई, प्रफुल बैध, मनोज कटुवाल, बद्री पंगेनी रेस्ट अफ नेपाल ः विनोद दास (कप्तान), मनोज वैश्य, पारस लुनिया, दीपेन्द्र चौधरी, राजु बस्नेत, धिरेन्द्र चन्द, कलाम अली, विकास दली, युनिल श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, जयप्रकास सर्राफ, अरुण थापा, अक्रम सिद्धिकी, सीता रानामगर लिजेन्ड्स ९६ ः एलबी क्षेत्री (कप्तान), पवन अग्रवाल, मनिष राज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, वसन्त शाही ठकुरी, किरण राणा, मुसरफ इजहार, जगत टमाटा, पुकार पन्त, विशाल गुप्ता, रितेश बराल, नीरा राजोपाध्याय, रिकेश लामा, दीपेश श्रेष्ठ, राजेन महर्जन, सुनोज भट्टराई (प्रशिक्षक), अरुण अर्याल (व्यवस्थापक) रहेका छन् ।






















