अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पुरा, बिभिन्न देशका २०० खेलाडी सहभागि

खबरपथ संवाददाता
२३ चैत्र २०८०, शुक्रबार १०:४९

बुटवल । कर्णेल उजिरसिह थापाको स्मृतिमा चैत २४ गते शनिबारदेखि शुरु हुने अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पुरा भएको छ । अग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्न नेपाली सेनाको सफल नेतृत्व गरेका कर्णेल उजिर सिंह थापाको सम्मानमा सो प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागि हुन नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अमेरिका, फ्रान्स लगाएत बिभिन्न देशका २ सय भन्दा बढि खेलाडीहरु बुटवल आईपुगेको प्रतियोगिता संयोजक माधव प्रधानले बताएका छन् । संयोजक प्रधानका अनुसार चैत २४ गतेदेखि २७ गतेसम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन बुटवल १३ स्थित होटल क्राउन, अर्घाखाँची पार्टी प्यालेसमा हुने छ ।
खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुटवल उपमहानगरपालिकाको बिशेष सहयोग तथा बुटवल उपमहानगरपालिकाका बुद्धिचाल संघको आयोजनामा कर्णेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको प्राविधिक टिम, खेलाडीहरु दर्ता लगायतका सबै कामहरु पुरा भएको संघका नगर अध्यक्ष सुधिर पुनले बताए । ‘खेलाडीहरु अनलाईन दर्ता भैरहेका छन् । सँगसंगै बुटवल आउने क्रम पनि जारी छ ।’—उनले भने ।
नेपाल राष्ट्रको रक्षाका लागि तत्कालिन नेपाली सेनाका कर्णेल उजिरसिह थापाको योगदान र बुटवलको जितगढी किल्लाको प्रचारप्रसारमा यो प्रतियोगिताबाट मद्दत मिल्ने उनले दाबी गरका छन् । प्रतियोगितामा बिभिन्न बिधामा ७० वटा पुरस्कार रहेको उनले बताए ।
संयोजक माधव प्रसाद प्रधानले बुटवलको गरिमा बढाउने गरि प्रतियोगिता हुन लागेको बताए । खेललाई पारदर्शी र प्रचारप्रसार हुने गरि प्रविधिमैत्री खेल खेलाईने दाबी गरे । ‘खेलमा आठ वटा डिजिटल बोर्डको प्रयोग हुने छ ।’— उनले भने । चैत २४ गतेदेखि २७ गतेसम्म हुने प्रतियोगितामा करीब ४७ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख, द्वितीयले १ लाख १० हजार, तृतीय ६० हजार, चौथोले ४० हजार, पाचौंले ३० हजार, छैठौंले २० हजार रुपैयासहित कप, मेडलबाट पुरस्कृत हुनेछन । यस्तै गरी बेष्ट जुनियर ब्वाईज÷गल्र्स टिम ६ देखि १० स्थानसम्मले नगद २० हजार पाउने छन । यस्तै बेष्ट स्टुडेन्ट रूपन्देही ११ देखि १५ स्थानसम्मले १५ हजार, बेष्ट स्टुडेन्ट बुटवल १६ देखि २० सम्मले १३ हजार पुरस्कार पाउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*