मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

खबरपथ संवाददाता
४ बैशाख २०८१, मंगलवार ०८:३६

बैसाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज फेरि एक पटक  विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन ।पछिलो केही समय पहिला  केन्द्रमा समीकरण फेरिए सँगै मधेश प्रदेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सरकारमा सहभागी भएको थियो।

कांग्रेसले सरकारबाट बाहिरिए सँगै गत चैत ९ गते नै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको चौथो पटक हो। मधेस प्रदेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*